images
images
  • यस्तो छ आजको सुनचाँदीको भाउ

    काठमाडौं- साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो ।

    बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    बिहीबार चाँदीको मूल्य पनि स्थिर छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images