images
images
  • बालुवाटारमा तोकिएको मितिमा निर्वाचन गर्न निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीको परामर्श


    काठमाडौं। मध्यावधि निर्वाचन घोषणा भएको १२ घण्टा नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीका सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कार्तिक २६ र मंसिर ३ गतेको घोषित मितिमा निष्पक्ष र धाँधलीरहित चुनावका विषयमा छलफल गरेको बताइएको छ ।

    छलफलमा निर्वाचनको लागि आवश्यक तयारी र सरकारको तर्फबाट चाहिने सहयोगबारे समेत छलफल भएको स्रोतले जनाएको छ । बैठकमा आयोगका प्रमुख निर्वाचन आयुक्तका साथै सबै पदाधिकारीको सहभागिता थियो ।

    प्रधानमन्त्री कार्यालयबाट प्राप्त तस्विरमा उपप्रधानमन्त्री इश्वर पोखरेल, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, कृषिमन्त्री पद्मा अर्याल समेत उक्त बैठकमा सहभागि छन् ।

    नेपालको संविधानको धारा ५ अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेपछि मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर राष्ट्रपतिले कात्तिक २६ र मंसिर ३ गतेको लागि मध्यावधि निर्वाचनको घोषणा गरेकी छिन् ।

    यस विषयमा विपक्षी गठबन्धनले राजनैतिक र कानुन लडाइ लड्ने बताइसकेको छ । आज सिंहदरबारमा बसेको नेपाली काँग्रेस, नेकपा मा‌ओवादी केन्द्र, नेकपा एमाले (माधव-खनाल) पक्ष, जसपा (यादव भट्टराई पक्ष) र राजमोले संयुक्त विज्ञप्ती निकालेर आफूहरु कानूनी लडाइ लड्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images