images
images
  • देशलाई दुर्घटनातर्फ धकेल्नेलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् : पूर्व राजा ज्ञानेन्द्र


    काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई दुर्घटनातर्फ धकेल्ने शासकलाई जनताले क्षमा नगर्ने बताएका छन् ।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वराजा शाहले विश्व महामारीका बेला जनदायित्वबाट पन्छिन खोजेको आरोप लगाएका छन् ।

    शाहले राजनीतिक दलहरुले सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने प्रयास गरेको बताएका छन् । उनले देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका छन् । 

    उनले भनेका छन्, ‘यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनीतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्।’

    Gyanendra tweewt

    प्रतिक्रिया दिनुहोस्
    images
    images