images
images
  • नेसनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं – नेसनल माइक्रोफाइनान्स लघुवित्तले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ४० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

    उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधीलाई वितरण हुनेछ । नेसनल माइक्रोफाइनान्सको हाल कायम चुक्ता पुँजी ४१ करोड ९० लाख ५३ हजार ५५२ रुपैयाँ छ ।

    सेयरधनीलाई बोनस वितरणपछि चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । अघिल्लो वर्ष यस लघुवित्तले २१ प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images