images
images
  • सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ

    काठमाडौं – साताको तेस्रो दिन मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको हो ।

    महासंघका अनुसार मंगलबार तेजाबी सुन पनि बढेर ९४ हजार ३०० रुपैयाँ पुगेको छ । त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको छ ।

    सोमबार भने चाँदीको मूूल्य घटेर प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images