काठमाडौं– युके युनिभर्सिटी फेयर २०२१ मंसिरमा हुने भएको छ । एस.आइ.यूकेले विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यले सुरु गर्ने भएको हो ।
एस.आइ.युकेले ३६ देशमा ७६ ग्लोबल अफिसमार्फत प्रत्यक वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीलाई युके र आयरल्यान्डमा उच्च शिक्षा हासिल गर्न परामर्श प्रदान गर्दै आएको छ । यो सेवा सन् २०१८ देखि नेपालमा पनि छ ।
सबै देशको शाखाबाट एकैनासको गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एस आइ यु केले पोष्ट प्यान्डामीक, नविनतम परिवर्तित भिजा नियमर बेलायती शिक्षण पद्धतिका बारेमा सत्य तथ्य जानकारी गराउन सो शैक्षिक मेलाको आयोजना गर्न लागीएको एसआइयुके नेपाल प्रमुख विनय अधिकारीले जानकारी दिए ।
शैक्षिक मेलामा युकेका विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीलाई युकेमा अध्ययन अवसर र चुनौतीका बारेमा जानकारी गराउने बताइएको छ । फेयरमा बेलायतमा अवस्थित उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीलाई परामर्श प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।
फेयरमा विद्यार्थी र अभिभावकले एकै छानामुनि बेलायतको शैक्षिक प्रणाली, अध्यनार्थ लाग्ने अनुमानित लागत, पाउन सक्ने अवसर र वहन गर्नुपर्ने चुनौतीहरुका बारेमा पूर्ण जानकारी हासिल गर्ने अपेक्षा लिइएको छ ।


विश्व खबर 


















