काठमाडौं, जेठ ७ । कोरोना संक्रमणका कारण नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्ती मगरको निधन भएको छ।
नेतृ घर्तीको शुक्रबार बिहान ५ बजे दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो।
माडी गाउँपालिका(५ भावाङ स्थायी ठेगाना भई घर्तीगाउँ बजारमा बसेर अल्लो व्यवसायसँगै राजनीतिमासमेत क्रियाशील हुँदै आएकी घर्ती कृषि सहकारीलगायत सङ्घसंस्थामार्फत सामाजिक सेवामा पनि आबद्ध थिइन्।
कोरोना सङ्क्रमणपछि उनलाई गत जेष्ठ ४ गते रोल्पा अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि जेठ ६ गते दाङ बेलझुण्डीस्थित कोरोना अस्पताल ल्याइएको थियो। घर्तीको उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको नेकपा ९माओवादी केन्द्र०का जिल्ला कमिटी सदस्य मानसिंह विकले जानकारी दिए।
कोरोनाको दोस्रो लहरसँगै रोल्पामा मृत्यु हुने घर्ती हालसम्मकै उच्च तहको राजनीतिक नेतृ हुन्। यससँगै रोल्पामा कोरोनाको दोस्रो लहरबाट १० जनाले ज्यान गुमाइसकेका छन्।
जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारीअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३८ पुगेको छ। तीमध्ये ८३ जना जिल्लाभित्र रहेका विभिन्न आइसोलेशनमा छन् भने ४५० जना होमआइसोलेशनमा बसेका छन्।
प्रतिक्रिया दिनुहोस्