काठमाडौं– राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् ।
प्रहरीले उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरेको हो ।
मोरङ प्रहरीका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको हो ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक बवित कटुवालले दाहाल पक्राउ परेको पुष्टि गर्दै थप अनुसन्धानका लागि उनलाई आइतबार नै काठमाडौं पठाउने तयारी भइरहेको बताए ।
दाहाल पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सधन गुरुङविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए ।
उनीविरुद्ध साइबर ब्युरोमा परेको उजुरीमाथि थप अनुसन्धान गर्न काठमाडौं पठाउन लागिएको प्रहरीले जनाएको छ ।
यसैबीच, वर्तमान सरकार र गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित उनको घरमै नजरबन्दमा राखेको छ ।
ठिमीस्थित निवासबाट प्रसाईंलाई बाहिर निस्कन नदिइएको उनका सचिवालयले जनाएको छ ।
प्रसाईंको निवासमा प्रहरीले सुरक्षा बढाएको छ भने तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
पछिल्लो समय सहकारी ठग, भ्रष्ट्राचारी र हत्यारालाई खुलेआम छुट दिएर विरोधीहरूमाथि धरपकट भएपछि बालेन सरकारको चौतर्फी विरोध भएको छ ।


विश्व खबर 




















