images
images
  • भारतमा कर्मचारीको महँगी भत्ता बढ्यो, जुलाइदेखि लागू हुने

    काठमाडौं । भारतको केन्द्र सरकारले कर्मचारीको महँगी भत्ता बढाएको छ ।

    केन्द्र सरकारको मन्त्रिपरिषद्ले केन्द्र सरकारका कर्मचारीले पाउने महँगी भत्ता (डिए)मा तीन प्रतिशत वृद्धि गर्न स्वीकृति दिएको हो।

    यो निर्णय १ जुलाइ २०२१ बाट लागू हुनेछ । पेन्सनधारीले पाउने महँगी राहत 9डीआर) पनि तीन प्रतिशतले बढेको छ ।

    सातौँ केन्द्रीय वेतन आयोगको सिफारिसका आधारमा भत्ता वृद्धि गरिएको हो । यसबाट केन्द्र सरकारका करिब ४७ लाख १४ हजार कर्मचारी र ६८ लाख ६२ हजार पेन्सनधारीले लाभ पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images