काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ४१ पैसा र १४० रुपैयाँ १० पैसा रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३१ पैसा रहेको छ भने कतारी रियाल ३३ रुपैयाँ २ पैसा र बिक्रिदर ३३ रुपैयाँ १८ पैसा रहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















