images
images
  • ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत बोनस सेयर दिने

    काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै सो बोनस सेयर सेयरधनीलाई वितरण हुनेछ ।

    हाल चुक्ता पुँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ भएको लघुवित्तको २८ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images