images
images
  • दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाको ९० हजारमाथि

    काठमाडौं- दसैंको पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ ।

    म‌ंगलबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ४२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ८५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७७ हजार ३५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । मंगलबार बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार १६० रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम ९९४ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images