images
images
  • एक्सेलको साधारणसभाबाट १२ दशमलव ६३ प्रतिशत लाभांश पारित

    काठमाडौं- एक्सेल डेभलपमेन्ट बैंकको १५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

    साधारण सभाले आव-७६र७७ को वितरणयोग्य संचित मुनाफा र सेयर प्रिमियमबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजारको १२ प्रतिशतका दरले बोनस सेयर र उक्त बोनस सेयरबापतको कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    सभाबाट बैंकले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीनजना सञ्चालक निर्वाचित गरेको छ । निर्वाचित हुनेमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशलराज पोखरेल छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images