images
images
  • लक्ष्मी लघुवित्तको २७ प्रतिशत लाभांश घोषणा

    काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र सात दशमलव ३६ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।

    यसरी लघुवित्तले ६ करोड ४० लाख नौ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, दुई करोड ३५ लाख ८२ हजार २६३ रुपैयाँ नगद बाँड्नेछ । कम्पनीले नगद र बोनस गरी कुल २७ दशमलव ३६८४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण हुनेछ ।

    कम्पनीले अघिल्लो वर्ष यसले १५ प्रतिशत बोनस सेयर र आठ दशालव १६ प्रतिशत गरी कुल २२ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images