images
images
  • सीआईटीको लिलामी सेयर भर्ने आज अन्तिम दिन

    काठमाडौं – एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सीआईटी (नागरिक लगानी कोष) को संस्थापक सेयर लिलामीमा आवेदन भर्ने शुक्रबार अन्तिम दिन रहेको छ । एनआईसी एसियाले कोषको तीन लाख ८१ हजार ९०२ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

    सीआईटीले यो सेयर ६ असोजबाट लिलामीमा ल्याएको हो । यस संस्थापक सेयरमा लगानीकर्ताले न्यूनतम एक हजार १९७ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् । यसमा कार्यालय समयभित्रमा बोलपत्र पेस गरिसक्नु पर्नेछ ।

    लगानीकर्ताले एनआईसी एसिया क्यापिटल बबरमहल, एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरू विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट लिलामी आवेदन पेस गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images