images
images
  • सुनचाँदीको मूल्यमा गिरावट, दशैंको मुखमा सस्तिँदै

    काठमाडौं – दशैंको मुखमा सुनचाँदीको मूल्य सस्तिँदै गएको छ । आज साताको पाँचौँ दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले घटेर ८८ हजार ७०० रुपैयाँ कायम भएको हो ।

    आज छापावाल सुन प्रति १० ग्राम ७६ हजार ४५ रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८८ हजार २५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७५ हजार ६६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेर एक हजार १२० रुपैयाँ कायम भएको छ । हिजो बुधबार एक हजार १५५ रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै, प्रति १० ग्राम ९६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images