आजभोली हामि मोबाइलको प्रयोग धेरै नै गर्छौ । चाहे सुत्ने बेला होस् या अरु बेला तर, मोबाइल धेरै प्रयोग गर्नु स्वास्थ्यको लागि र आँखाको लागि एकदमै नराम्रो हो । मोबाइल एउटा अतिआवस्यक चिज हो तर, यसको सदुपयोग गर्न जनिएन भने हाम्रो स्वास्थ्यलाई असर गरिरहेको हुन्छ । सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो ।
राती मोबाइल प्रयोग गर्दा हुने हानीहरु
सुत्ने बेलामा मोबाइल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ, जसले गर्दा हाम्रो तौल बढ्छ ।
सुत्ने बेलामा’ मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ, जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामिमा सोच्ने शक्तिको कमी हुन्छ ।
सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ, जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।
अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ, जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।
यदि तपाई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।
यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई यसको लतले अन्य कुरामा ध्यान लाग्दैन ।
ध्यान दिनुपर्ने कुराहरु
सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौँ ।
मोबाइल भाईब्रेसनमा कहिलै पनि नराखौँ ।
सुत्ने बेला मा मोबाइल सधै बन्द गरौँ ।
सकेसम्म मोबाइलमा कुरा धेरै लामो नगगरौँ ।
एक्लै घरमा हुनु हुन्छ भने हेन्ड्स फ्रीमा कुरा गर्नुस् या हेड सेट प्रयोग गर्नुस् ।
सिरानीमा मोबाइल राखेर सुत्ने बानि छ भने तुरुन्त हटाई हाल्नुस् । हिजो मोबाइल नहुँदा पनि तपाईको जीवन कति रमाइलो थियो नबिर्सनु ।
बाहिर जाँदा खेरि पुरुषहरुले सकेसम्म खल्तीको अगाडि मोबाइल नराख्नुस्, भरसक हातमा लिनुस्, महिलाहरुले झोलामा राख्नुस्।


विश्व खबर 




















