images
images
  • सेयर बजारमा ७३ दशमलव ५ अंकको पहिरो

    काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ७३ दशमलव ५ अंकले घटेर दुई हजार ६ सय ४५ दशमलव ४१ विन्दुमा पुगेर कारोबार बन्द भएको छ।

    दुई सय २७ कम्पनीको एक करोड ४७ लाख आठ हजार ६८ कित्ता सेयर किनबेच हुँदा कुल पाँच अर्ब १२ करोड ९७ लाख तीन हजार ९६ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै ओरालो लाग्नेमा फाइनान्स र निर्जीवन बिमा समूह छन् ।

    फाइनान्स समूह एक सय ११ दशमलव ९६ अंकले ओरालो लागेको छ भने निर्जीवन बिमा समूह चार सय ३९ दशमलव २८ अंकले ओरालो लागेको छ । बाँकी सबै समूहका उपसूचकहरू एकदेखि दुई प्रतिशत हाराहारीमा ओरालो लागेका छन् ।

    सबैभन्दा धेरै कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको १५ करोड ४९ लाख ७१ हजार दुई ३० दशमलव ९० रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता रहेका छन् । लघुवित्त एक सय ४४ दशमलव ८० अंकले फाइदामा गएको छ । सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा हिमालय गुडवील फाइनान्सका लगानीकर्ता छन् । कम्पनी –५७ अंकले घाटामा गएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images