images
images
  • राष्ट्र बैंकमा पहिलो पटक महिला कायम मुकायम गभर्नर बनिन् ढुंगाना, हालका गर्भनर विदामा

    काठमाडौं – नेपाल राष्ट्र बैंकमा पहिलो पटक महिला कायम मुकायम गभर्नर बनाइएकी छन्। अर्थ मन्त्रालयले डेपुटी निलम ढुंगाना तिम्सिनालाई ६ असोजदेखि काम गर्नेगरी कायममुकायमको जिम्मेवारी दिएको हो।

    मन्त्रीस्तरीय निर्णयबाट उक्त जिम्मेवारीमा तिम्सिनाले काम गरिरहेकी छन्। गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमित भएपछि तिम्सिनालाई अर्थ मन्त्रालयले पत्र लेखी उक्त जिम्मेवारी दिएको हो।

    राष्ट्र बैंकमा गभर्नर मुलुकभित्र हुँदा कायममुकायम दिने प्रचलन थिएन। गभर्नर अधिकारी नख्खुस्थित निवासमा कोरोनाको उपचार गराइरहेका छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images