काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तनहुँको बन्दीपुरस्थित बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट-क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउने छन् । सम्झौताले बैंकका ग्राहकहरुसमेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागि घरमै बसी निःशुल्क मोबाइल बैकिङ्गमार्पmत डेबिट कार्डको लागि आवेदन दर्ता गर्नसक्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । मोबाइल बैकिङ्गमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतको व्यवस्था गरिएको बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, ११७ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


विश्व खबर 




















