टोकियो/ जापान – इजिलिङ्क रेकिट्यान्सले आफ्ना ग्राहकहरुकाम लागि दशैतिहार अफर योजना ल्याएको छ ।
कम्पनीले दशै र तिहारलाई लक्षित गरि ५० प्रतिशत छुट अफर ल्याएको हो । नयाँ अफरसँगै इजिलिङ्कले रेमिट्यान्सबाट पैसा पठाउने ग्राहकहरुले सेवा शुल्कमा ५० प्रतिशत छुट पाउने छन् ।
यो योजना आजदेखि अक्टुबर महिनाको ३१ तारिखसम्म लागु हुने इजिलिङ्कका समिर खड्काले जानकारी दिए । दशै र तिहारमा ग्राहकहरुलाई केही सुबिधा मिलोस भनेर हामीले यो अफर योजना ल्याएका छौ खड्काले भने यो याजनालाई ग्राहकहरुले राम्रोसँग सदुपयोग गर्नुहुनेछ भन्ने आशा छ ।
इजिलिङ्कले रेमिट्यान्सबाट पैसा नेपाल पैसा पठाउदा ३० हजारसम्म ५०० १ लाख ५० हजार सम्म १ हजार र १ लाख ५० हजार भन्दा माथि १ हजार ५ सयमा दरले शुल्क सेवा शुल्क लाग्ने गर्दछ ।
दशैतिहा अफर योजनाको अबधीभित्र ५० प्रतिशत मात्रै सेवाशुल्क तिरे पुग्न रेमिट्यान्सले जानकारी दिएको छ


विश्व खबर 




















