images
images
  • ज्योति लाइफले बिमितको परिवारलाई दियो १० लाख

    तेह्रथुम – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेह्रथुममा आफ्ना बिमितको निधनपछि परिवारलाई बिमावापतको दाबी भुक्तानी दिएको छ । सवारी दुर्घटनाका कारण ज्यान गुमाएका म्याङलुङ नगरपालिका-२ का यमबहादुर लिम्बूको छोरालाई कम्पनीले मृत्यु दाबी भुक्तानी रकम सोमबार हस्तान्तरण गरेको हो ।

    कम्पनीको तेह्रथुम उपशाखाले एक औपचारिक कार्याक्रमको आयोजना गरी मृतकका छोरा सेन्छेहाङ लिम्बूलाई १० लाख रुपैयाँको चेक म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङफेले हस्तान्तरण गरेका छन् ।

    ज्योति लाइफको सुरक्षित बचत जीवन बिमा योजनाअन्तर्गतको बीमालेख लिएका यमबहादुर लिम्बूको गत २ साउनमा सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images