images
images
  • स्वरोजगार लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने

    काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ ।

    कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

    कम्पनीले दिने २५ प्रतिशत अर्थात १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ बराबरको बोनस सेयर कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

    हाल हाल चुक्ता पुँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँ रहेको कम्पनीको २५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पुँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँ पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images