images
images
  • राजदूतमा पनि नेपोबेबी हाबी, बालेनले खोजीखोजी गरे सिफारिस

    काठमाडौं– सरकारले डा.निश्चलनाथ पाण्डेलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको नाम सिफारिस गरेको हो ।

    वैदेशिक नीतिका प्राज्ञिक पाण्डे सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक हुन् ।

    पाण्डेले यसअघि परराष्ट्र मामला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका सल्लाहकारका रूपमा काम गरेका थिए ।

    उनी सत्यनिरूपण तथा मेलमिलाप आयोगका विज्ञ र उच्चस्तरीय परराष्ट्र नीति कार्यदलका सदस्यसमेत भइसकेका छन् ।

    उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि तथा कानुनमा स्नातक गरेका छन् ।

    परराष्ट्र नीति र क्षेत्रीय सहकार्यसम्बन्धी उनका पुस्तक तथा अनुसन्धानमूलक कृति प्रकाशित छन् ।

    उनी पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका छोरा हुन् ।

    उनी राजदूत सिफारिस भएको खबर बाहिरिने बित्तिकै नेपोबेबी हाबी भएको भन्दै चौतर्फी विरोध भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images