images
images
  • रिलायन्स लाइफको सञ्चालकमा खनाल नियुक्त

    काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त भएका छन् ।

    भदौ २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

    उनी संस्थापक सिद्धार्थ बैंकको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि सुन्दरप्रसाद कडेलले उक्त पदको प्रतिनिधित्व गर्दै आएका थिए ।

    यससँगै नवनियुक्त सञ्चालक खनालले भदौ २१ गतेदेखि आफ्नो पदको जिम्मेवारी सम्हाल्ने छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images