images
images
  • प्रिओपन सेसन कारोबारमा २५.३९ अंकले बढ्यो नेप्से परिसूचक


    काठमाडौं। मंगलबार प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २५.३९ अंकले बढेर २७८४.६० विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक ४.५७ अंकले बढेर ४९७.१५ विन्दुमा पुगेको छ ।

    त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ६८ वटा कम्पनीको १५ हजार ८ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा १ करोड ८ लाख ५९ हजार ७ सय २० रुपैयाँको कारोबार भएको छ ।

    प्रिओपन सेसन कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने ग्रामीण विकास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । प्रिओपन सेसन कारोबारमा रूरू जलविद्युत परियोजनाको सर्वाधिक कारोबार भएको छ ।

    सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा पुगी रोकिएको थियो । यस्तै सेन्सेटिभ परिसूचक ४.४५ अंकले बढेर ४९२.५८ मा पुगेको थियो ।

    सोमबार कूल २१८ वटा कम्पनीको एक करोड ९० लाख ५६ हजार २ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार एक सय ३९ रुपैयाँको कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images