images
images
  • फर्स्ट माइक्रोफाइनान्सको १०.५३ प्रतिशत लाभांश घोषणा

    काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०७७/७८ सम्मको लाभांश घोषणा गरेको छ ।

    माइक्रोफाइनान्सले वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    माइक्रोफाइनान्सको १९ भदौमा बसेको सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।

    चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार दुई सय रुपैयाँ रहेको माइक्रोफाइनान्सको बोनस सेयर वितरणपछि ९६ करोड ४४ लाख ९२ हजार तीन सय २० रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images