images
images
  • कहिले होला तेह्रथुम पावरको आइपीओ बाँडफाँड ? यस्तो छ तयारी

    काठमाण्डौ। भाद्र ९ गतेदेखि १३ गते सम्म सर्वसाधारणको लागि आइपीओ सार्वजनिक गरेको तेह्रथुम पावरको शेयर कहिले बाँडफाँड हुन्छ भन्ने धेरैको चासो छ । बिक्री प्रबन्धकले दिएको जानकारी अनुसार शेयर आवेदनको भेरीफाइ गर्ने काम भइरहेको र यो साताको अन्तिम सम्ममा बाँडफाँड गर्ने गरी तयारी भइरहेको छ ।

    कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो ।

    कम्पनीको कुल सेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिएका थिए ।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले हो ।

    कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

    यो कम्पनीको शेयरमा २५ लाख भन्दा धेरैको आवेदन परेको छ भने २४ लाख लगानीकर्तालाई हात खाली हुने पक्का पक्की छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images