images
images
  • यामाहाको दसैं-तिहार अफर : एक लाख नगददेखि चार तोलाको सुनको एक्कासम्म

    काठमाडौं – यामाहा मोटरसाइकल तथा स्कुटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ग्राहकका लागि दसैं-तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले दसैं-तिहारको शुभकामनासहित एक विशेष उपभोक्ता योजना ‘रेस फर द एस अफर’ सुरु गरेको हो ।

    यो अफर यही १६ भदौदेखि यामाहा बाइक तथा स्कुटरको खरिदमा लागू गरिएको छ । योजनाअन्तर्गत उपभोक्ताहरुले यामाहा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा आठ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सकिनेछ । लक्की ड्रमा हरेक साता एकजनाले चार तोला सुनको एक्का तास जित्न सक्नेछन् ।

    कम्पनीले विजेता उपभोक्ताले लक्की ड्रको भन्दा तीन गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्का तास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्नेछन् ।

    नेपालभरका सबै यामाहा शोरुमहरुमा सञ्चालित देशव्यापी उपहार योजनाको बारेमा जानकारी दिँदै एमएडब्लुका बजार प्रबन्धक राजु क्षेत्रीले भने, ‘हामी सधैं उपभोक्ताहरुका लागि उत्साहजनक योजना तथा सेवाहरु उपलब्ध गराउन तत्पर रहन्छौं, यसै सन्दर्भमा यसपटक वर्तमान सन्दर्भकै सबैभन्दा राम्रो उपहार योजना हामीले उपभोक्तासमक्ष पेस गरेका छौं ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images