काठमाडौँ – नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमिति चयन भएको छ ।
सेजनको शुक्रबार भएको २२ औं साधारणसभामा सेजनका अध्यक्ष भीमप्रसाद गौतम कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले अध्यक्षमा भीमप्रसाद गौतम, उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा हिमाल पौडेललाई चयन गरेको छ ।
यस्तै सदस्यमा विनय बञ्जरा, कमला अर्याल, मुना कुँवर, सुजन ढुङ्गाना र हिमा विक निर्वाचित भएका छन् ।
अधिवेशनको आज नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















