images
images
  • सुनको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ

    काठमाडौं – साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको हो ।

    त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार ९३५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।

    त्यसैगरी, महासंघले चाँदीको मूल्य प्रतितोला ११९५ रुपैयाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदी खरिद गर्दा एक हजार २४ रुपैयाँ ५० पैसा पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images