images
images
  • होर्मुजमा पाँच तेल ट्यांकर समुद्री बारुदी सुरुङको निशानामा, शत्रुलाई हार स्वीकार गराउने रणनीतिमा इरानी सेना

    काठमाडौं– पछिल्लो ४८ घण्टामा होर्मुज जलडमरुमा पाँच वटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा परेर आक्रमणको निशानामा परेको इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले जनाएको छ ।

    संस्थाका अनुसार आक्रमणमा परेका दुई वटा पानीजहाज जलडमरुको दक्षिणी क्षेत्रमा र अन्य तीन वटा मध्य तथा पूर्वी क्षेत्रमा रहेका थिए ।

    यसैबीच इरानका सैन्य कमान्डरहरूले मध्यपूर्वबाट अमेरिका र इजरायललाई पछि हट्न बाध्य पार्ने तथा शत्रुलाई पराजय स्वीकार गराउने रणनीतिमा काम गरिरहेको एक इरानी सांसदले बताएका छन् ।

    इरानको समाचार संस्था इरनाका अनुसार राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य वाहिद अहमदीले सेनाका उच्च अधिकारीहरूले नयाँ तथा परिमार्जित रणनीतिक निर्णय कार्यान्वयन गरिरहेको बताएका हुन् ।

    यद्यपि उनले ती निर्णयबारे विस्तृत जानकारी दिएका छैनन् ।

    पछिल्ला केही दिनयता इरानको शीर्ष नेतृत्वले अमेरिका र इजरायलसँग जारी न्यून तीव्रताको युद्धको वर्तमान अवस्थालाई परिवर्तन गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ ।

    -फाइल तस्विर

    प्रतिक्रिया दिनुहोस्
    images
    images