images
images
  • छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउँछ : मुख्यमन्त्री भट्ट

    काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले छठ पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

    छठ पर्वका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले प्रकृति, सूर्य र जलप्रतिको आस्था तथा श्रद्धासँग जोडिएको यस पर्वले धार्मिक तथा सांस्कृतिक विविधताबीच एकताको भावना बलियो बनाउने बताएका हुन् ।

    उनले नेपालको मौलिक कला, संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण तथा प्रवर्द्धन गर्दै समतामूलक समाज र समृद्ध प्रदेश निर्माणका लागि छठ पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images