images
images
  • कालीमाटीमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक, कुनको कति ?

    काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली र भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २५ रुपैयाँ, टनेल र तराईको ४५ रुपैयाँ कायम गरिएको छ ।

    त्यस्तै, आलु रातो (लाम्चो, गोलो र मुडे) प्रतिकिलो ६० रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ र आलु सेतो ३२ रुपैयाँ रहेको छ । सुकेको भारतीय प्याज प्रतिकिलो ९२ रुपैयाँ, गाजर (लोकल) ९० रुपैयाँ र तराईको गाजर ६० रुपैयाँ तोकिएको छ । बन्दा प्रतिकिलो ३० रुपैयाँ, काउली (स्थानीय) ३० रुपैयाँ, तराईको काउली २५ रुपैयाँ, रातो मूला र सेतो हाइब्रिड मूला ३० रुपैयाँ कायम गरिएको छ ।

    भन्टा लाम्चो प्रतिकिलो ३५ रुपैयाँ र डल्लो ६० रुपैयाँ, तने बोडी ९० रुपैयाँ तथा मकै बोडी ५० रुपैयाँ रहेको छ । मटरकोसा प्रतिकिलो १३० रुपैयाँ, घिउ सिमी (लोकल र हाइब्रिड) ७० रुपैयाँ, घिउ सिमी (राजमा) १४० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ र भटमास कोसा १२० रुपैयाँ तोकिएको छ ।

    यसैगरी, तितो करेला प्रतिकिलो १०० रुपैयाँ, लौका ५० रुपैयाँ, परबर (लोकल) ७० रुपैयाँ र तराईको ८० रुपैयाँ, चिचिण्डो तथा घिरौँला ४० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, पाकेको फर्सी ७० रुपैयाँ, हरियो फर्सी ४० रुपैयाँ र भिण्डी ८० रुपैयाँ रहेको छ । सखरखण्ड प्रतिकिलो ९० रुपैयाँ, बरेला ४० रुपैयाँ, पिँडालु ७० रुपैयाँ र इस्कुस ३० रुपैयाँ कायम गरिएको छ ।

    सागसब्जीतर्फ रायो साग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो १२० रुपैयाँ, चम्सुर र मेथीको साग १५० रुपैयाँ तथा तोरीको साग ५० रुपैयाँ तोकिएको छ । हरियो प्याज प्रतिकिलो २५० रुपैयाँ, बकुला १०० रुपैयाँ र तरुल १२० रुपैयाँ रहेको छ । च्याउ (कन्य) प्रतिकिलो २३० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ एक हजार रुपैयाँ कायम गरिएको छ । कुरिलो प्रतिकिलो ८०० रुपैयाँ रहेको छ ।

    अन्य तरकारी तथा कृषि उपजमा ब्रोकाउली र चुकुन्दर प्रतिकिलो ९० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा १५० रुपैयाँ, जिरीको साग १५० रुपैयाँ, सेलरी ५०० रुपैयाँ, पार्सले २ हजार ८०० रुपैयाँ, सौफको साग १५० रुपैयाँ र पुदिना ७०० रुपैयाँ तोकिएको छ । गान्टे मूला १२० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा र तोफु १६० रुपैयाँ तथा गुन्द्रुक ३५० रुपैयाँ रहेको छ । रुख टमाटर प्रतिकिलो १५० रुपैयाँ कायम गरिएको छ ।

    फलफूलतर्फ स्याउ (फूजी) प्रतिकिलो ३५० रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ २५० रुपैयाँ रहेको छ । नेपाली र मालभोग केरा प्रतिदर्जन १५० रुपैयाँ, कागती प्रतिकिलो २५० रुपैयाँ, अनार ३५० रुपैयाँ, नेपाली सुन्तला ८० रुपैयाँ र भारतीय सुन्तला १०० रुपैयाँ तोकिएको छ ।

    त्यस्तै, हरियो तरबुजा प्रतिकिलो ८० रुपैयाँ, मौसम र जुनार २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ८० रुपैयाँ, हाइब्रिड काँक्रो ४५ रुपैयाँ र लोकलक्रस काँक्रो ७० रुपैयाँ रहेको छ । निबुवा प्रतिकिलो ६० रुपैयाँ, चाइनिज नासपाती ३०० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ र भारतीय मेवा १०० रुपैयाँ कायम गरिएको छ ।

    अम्बा प्रतिकिलो २०० रुपैयाँ, लप्सी ८० रुपैयाँ, किबी ३०० रुपैयाँ, सरिफा २०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला ८० रुपैयाँ तोकिएको छ । नरिवल (काँचो) प्रतिकिलो ८० रुपैयाँ र हरियो नरिवल २०० रुपैयाँ रहेको छ । नेपाली ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँ कायम गरिएको छ ।

    मसलाजन्य वस्तुमा अदुवा प्रतिकिलो १०० रुपैयाँ, सुकेको खुर्सानी ५६० रुपैयाँ, हरियो खुर्सानी ९लाम्चो० १०० रुपैयाँ, बुलेट र माछे खुर्सानी १२० रुपैयाँ तथा अकबरे खुर्सानी २०० रुपैयाँ रहेको छ । भेडे खुर्सानी प्रतिकिलो १५० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ, हरियो धनियाँ १५० रुपैयाँ तथा सुकेको लसुन ९चाइनिज र नेपाली० २६० रुपैयाँ तोकिएको छ । सुकेको र हरियो छ्यापी प्रतिकिलो २०० रुपैयाँ कायम गरिएको छ ।

    माछातर्फ सुकेको माछा प्रतिकिलो एक हजार रुपैयाँ, ताजा रहु माछा ३७० रुपैयाँ, बचुवा ३३० रुपैयाँ र छडी माछा ३५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images