images
images
  • भूपूगोर्खा सैनिकका माग पूरा गराउन बेलायतसँग कूटनीतिक पहल गरियोस् : एमाले

    काठमाडौं-नेकपा एमालेले बेलायती सेनाका भूतपूर्व गोर्खा सैनिकहरुको माग पूरा गराउनका लागि बेलायत सरकारसँग कूटनीतिक पहलका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

    भूतपूर्व गोर्खा सैनिकहरुले उठाएको बेलायती सैनिक सहर पेन्सन लगायत समान सुविधा पाउनुपर्ने माग स्वाभाविक, जायज र मानवीय रहेको भन्दै एमालेले बताएको छ ।

    पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायतबीचको दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर यस समस्याको समाधान गर्न बेलायत सरकारसँग कूटनीति पहलका लागि नेकपा एमाले नेपाल सरकारको ध्यानाकर्षण गर्दछ । ’

    पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधानका लागि बेलायत सरकारलाई बारम्बार आग्रह गरेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री ओलीले सन् २०१९ मा बेलायत भ्रमणका क्रममा गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धिको पुनरावलोकन गर्ने प्रस्ताव राखेको विज्ञप्तिमा उल्लेख छ ।

    बेलायती सैनिक सरह पेन्सन सुविधाको माग गर्दै भूतपूर्व गोर्खा सैनिकहरु लण्डनमा अनसन बसिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images