images
images
  • शिक्षा पत्रकारिता पुरस्कारका लागि कोष स्थापना

    काठमाडौं- शिक्षामा पत्रकारलाई पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका लागि शिक्षा पत्रकार समाजले स्थापना गरेको अक्षयकोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले रू दुई लाख २२ हजार २२२ प्रदान गरेको छ ।

    ‘महत्वपूर्ण व्यावसायिक व्यक्तित्व’ (सिआइपी) सम्मानप्राप्त नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँ निवासी उहाँले समाजका अध्यक्ष प्रकाश सिलवाललाई आज सो रकम हस्तान्तरण गरेको हो । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका जिल्लाअध्यक्ष कँडेल ककनीस्थित हाम्रो ग्यास उद्योगका संस्थापक अध्यक्ष हुन् ।

    समाजले उक्त कोषमा थप रकम जुटाएर वार्षिकरुपमा पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका कार्यक्रम गर्ने महासचिव शेषकान्त पण्डितले जानकारी दिए । कँडेलले दुई वर्षअघि नेपाल सरकारको कोभिड–१९ रोकथाम तथा उपचार कोषमा सोही बराबरको रकम प्रदान गर्नाका साथै गत वर्ष आफ्नै वडास्थित कालिका आधारभूूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि दिवङ्गत पिता नेत्रप्रसादको स्मृतिमा रू एक लाख ५५ हजार ५५५ को अक्षयकोष स्थापना गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images