images
images
  • इजरायलमा मतदान सुरु, गाजामा आक्रमण जारी

    काठमाडौं – जेरुसेलम, इजरायलको संसदीय निर्वाचनमा मतदान सुरु भएको छ । सबै उम्मेदवारले ७ अक्टोबर २०२३ मा हमासबाट भएको आक्रमणबाट पीडितहरूलाई सम्झिए । नेतान्याहुले ती सबै पिडालाई सम्झँदै युद्धलाई निरन्तरता दिनका लागि आफूलाई फेरी जिताउन अनुरोध गरेका छन् ।

    इजरायली डिफेन्स फोर्स (आइडिए्फ) ले पनि नेतान्याहुको जितले आक्रमणको बाटो खुला हुने आङ्कलन गरेको छ । इजरायलको राजनीतिमा गएको दुई दशक देखि सत्तामा रहेका लिक्विड दक्षिणपन्थी दल हो । दल र यसका नेता नेतान्याहु वेस्ट बैक इजरायलको अधीनमा रहनु पर्ने मत राख्छन् ।

    नेतान्याहु यस निर्वाचन अगाडि नै इरानमा आक्रमण गर्न चाहेको रिपोर्ट धेरै अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित भएको थियो । सेना प्रमुख आयल जमिरल इरानमा आक्रमण गर्ने योजनामा असहमति जनाएका थिए । यसै कारण अहिले आक्रमण रोकिएको छ ।

    च्यानल १३ ले प्रकाशित गरेको एक रिपोर्ट अनुसार नेतान्याहुले फेरी जित हात पारेमा उनी सेना प्रमुखलाई बर्खास्त गर्ने योजनामा छन् । नेतान्याहु आफै भने यस्तो योजनामा रहेको नभई सञ्चार माध्यमले फेक न्युज बनाएको आरोप लगाइन् ।

    अहिले पूर्वी जेरुसेलमका बासिन्दालाई मत दिन नपाए पनि चुनाव लागेको छ । जेरुसेलमका परापूर्व कालदेखि नै बसोबास गर्दै आएकाहरूले यस निर्वाचनमा मतदान गर्न पाउने छैनन् ।

    सन् १९६७ मा भएको ६ दिने युद्ध पछि इजरायलले जोर्डनबाट पूर्वी जेरुसेलम लिएको थियो । सो स्थानमा रहेका स्थायी आदिवासीहरूले बसोबासको अधिकार पाए पनि मतदानको अधिकार पाएका छैनन् । यस निर्वाचनमा लिक्विड पार्टी र अति दक्षिणपन्थी यासर पार्टीका बिच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

    निर्वाचनको पूर्व सन्ध्यामा पनि इजरायलको गाजामा आक्रमण जारी छ । पछिल्लो आक्रमणमा कमसेकम ५ जनाको ज्यान जानुको साथै १ दर्जन घाइते भएका छन् । सोमबार खान युनिसमा भएको हवाई आक्रमणमा एक बालिका सहित ४ जनाको ज्यान गएको हो । अर्को एक आक्रमणमा परेका व्यक्तिको अल सिफ अस्पतालमा ज्यान गएको हो ।

    प्यालेस्टाइनको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान जानुको साथै कम्तीमा ५० जना घाइते भएका छन् । दक्षिणी गाजाको नासेर अस्पतालले पनि तिन जनाको मृत्यु पुष्टि भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images