images
images
  • सुनको मूल्य बढ्दा चाँदी सस्तियो, यस्तो छ आजको भाउ

    काठमाडौं – स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्दा चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो ।

    महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य मंगलबार प्रतितोला तीन हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images