images
images
  • झण्डै ८१ अर्ब घाटा बेहोरेको एन्थ्रोपिकले आईपीओ ल्याउँदै

    काठमाडौं– कृत्रिम बुद्धिमत्ता कम्पनी एन्थ्रोपिकले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ ।

    कम्पनीले अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) मा दर्ता फाराम बुझाउँदै आफ्नो शेयर नास्ड्याकमा ‘एएनटी’ सङ्केतअन्तर्गत सूचीकृत गर्ने प्रस्ताव गरेको छ ।

    आईपीओमा कति शेयर बिक्री गर्ने र प्रतिकित्ता मूल्य कति राख्ने भन्ने कम्पनीले खुलाएको छैन । यद्यपि, विभिन्न रिपोर्टअनुसार आईपीओपछि कम्पनीको कुल बजार मूल्य २ ट्रिलियन अमेरिकी डलर अर्थात् २० खर्ब डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

    कम्पनीको विवरणअनुसार सन् २०२६ को पहिलो छ महिनामा एन्थ्रोपिकले १६ अर्ब ३० करोड अमेरिकी डलर (१ हजार ६३० करोड डलर) आम्दानी गरेको छ । तर, सोही अवधिमा कम्पनीले ८० अर्ब ७० करोड अमेरिकी डलर (८ हजार ७० करोड डलर) खुद घाटा बेहोरेको उल्लेख छ । अर्थात्, कम्पनीको विवरणमा आम्दानीभन्दा घाटा निकै ठूलो देखिएको छ ।

    कृत्रिम बुद्धिमत्तासम्बन्धी पूर्वाधार निर्माण र व्यवसाय विस्तारमा ठूलो रकम खर्च गर्नुपर्ने भएकाले भविष्यमा नाफा कमाउन चुनौती हुन सक्ने कम्पनीले जनाएको छ । एन्थ्रोपिकले सन् २०३३ सम्म गुगलसँग करिब ११४ अर्ब ५० करोड अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता रहेको पनि खुलाएको छ ।

    कम्पनीका अनुसार पछिल्लो १२ महिनामा प्रत्येकले १० लाख अमेरिकी डलरभन्दा बढी आम्दानी दिने ग्राहकको सङ्ख्या एक हजार नौ सयभन्दा बढी पुगेको छ ।

    यस आईपीओमा गोल्डम्यान स्याक्स र मोर्गन स्ट्यान्लीले प्रमुख व्यवस्थापकको भूमिका निर्वाह गर्नेछन् ।

    चीनमा फुट्यो एआईको बबल : ४ महिनामै ४८० अर्ब डलर स्वाहा, टेक शेयरमा भीषण मन्दी

    प्रतिक्रिया दिनुहोस्
    images
    images