काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले आक्रामक ब्याटिङ सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले सात ओभरको खेल सकिँदा ५३ रन बनाएको छ ।
विराटनगर किंग्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । चितवनले पावर प्ले अर्थात् पहिलो ६ ओभरमा ४१ रन जोडेको थियो ।
चितवनका लागि इंग्ल्याण्डका अनुभवी ब्याटर डेभिड मलानले आक्रामक ब्याटिङ गरिरहेका छन् । सात ओभरको खेल सकिँदासम्म उनी ४१ रन बनाएर क्रिजमा छन् । उनलाई देव खनालले साथ दिइरहेका छन् ।
मलानको ब्याटिङमा चितवनले सुरुवाती ओभरमै रन गति बढाएको छ । विराटनगरले चितवनको रन गति रोक्न बलिङमा कसरी रणनीति अपनाउँछ भन्ने खेलको आगामी चरणमा महत्त्वपूर्ण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्





















