images
images
  • पहिलो संस्करणमा पनि प्रभावी थिए किशोर

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा नै लुम्बिनी लायन्सका किशोर महतोले सानदार बलिङ गरेका छन् । उनले ४ ओभरको बलिङ कोटामा २८ रन खर्चेर ४ विकेट लिए ।

    टस हारेर पहिले ब्याटिङ गरेको सुदूर पश्चिमलाई धराशायी गर्ने क्रममा महतोले आरिफ शेख, ब्रेन्डन म्याककुलन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीलाई आउट गरे । उनकै बलिङका कारण सुदूरपश्चिम ८७ रनमा खुम्चियो ।

    उनको यो पहिलो सानदार प्रदर्शन भने होइन । पहिलो एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई जिताउने क्रममा किशोरले फाइनलमा २५ रन खर्चेर ३ विकेट लिएका थिए ।

    उनको लिस्ट ए डेव्यु पनि सानदार भएको थियो । जिम्बाबेसँग सन् २०२२ मे ९ मा भएको खेलमा उनले ७ ओभर बलिङ गर्दा ४३ रन खर्चेर ५ विकेट लिएका थिए ।

    सोही वर्ष भएको क्यान ११ र मलेसिया सेक्रेटरी ११ का बीचको खेलमा उनले ७.३ ओभर बलिङ गरेर १९ रनको नोक्सानीमा ३ विकेट लिएका थिए ।

    पहिलो एनपीएलमा १४ विकेट लिएका उनी दोस्रो एनपीएलमा भने कमजोर साबित भएका थिए ।

    अर्का बलर शेर मल्लले तीन विकेट लिएका छन् । त्यसको लागि चार ओभर बलिङ गरेका उनले ११ रनमात्रै खर्चेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images