काठमाडौं – इङ्गल्यान्डका हेरी केनले फुटबलको प्रतिष्ठित बालोन डी ओर अवार्ड जितेका छन् । सन् २००१ मा माइकल ओवेन पछि सो अवार्ड पाउने उनी पहिलो इङ्लिस खेलाडी हुन् ।
उनी कुल पाँचौँ इङ्लिस खेलाडी हुन् । यस अघि सन् १९५६ मा स्टेन्ले म्याथ्युज, १९५६ मा बबी चार्लटन र केभिन किगानले सन् १९७८ र १९७९ मा सो प्रतिष्ठित अवार्ड पाएका थिए ।
३३ वर्षीय केनले अवार्ड जित्ने क्रममा रिल म्याड्रिडका फ्रान्सेली फरवार्ड केलिएन एम्बाप्पेलाई दोस्रो स्थानमा छाडे । स्पेन तथा बार्सिलोनाका युवा स्टार लमिन यामल तेस्रो स्थानमा रहे ।‘ मैले जीवनमा धेरै आरोह र अवरोह सहेको छु । यस कारण मेरा अन्य सुपर स्टार झैँ म पनि कुनै दिन त्यस्तै हुन्छु भन्ने लागेको पनि थिएन ।’ अवार्ड जिते पछि केनले भने ।
इङ्गल्यान्डका प्रशिक्षक थोमस टुचेलले यो अवार्डका कारण आफूहरू खसी भएको बताए । केनले गत सिजनमा वायरन म्युनिखका लागि खेलेका ५१ खेलमा ६१ गोल गरे । राष्ट्रिय टोलीबाट समे गरेर कुल ६५ खेलमा ७३ गोल गरे ।
यो प्रतिष्ठित अवार्ड जिते पनि गएको सिजनमा उनको क्लब र राष्ट्रिय टोली दुवै सेमिफाइनलमा पराजित भएका थिए । सन् १९८१ मा कार्ल हेन्ज रुमिनिगे पछि उनी बालोन डोर अवार्ड जित्ने पहिलो वायरन खेलाडी भने बने ।
पाउटेलालाई तेस्रो पटक उपाधि
स्पेनकी एलेक्सिया पाउटेला तेस्रो पटक उपाधि जित्न सफल भएकी छिन् । सन् २०२५ र २६ को सिजनका लागि डबलुएसएल खेल्न ल८न जानु अघि ३२ वर्षीय मिडफिल्डरले आफ्नै नेतृत्वमा बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि दिलाएकी थिइन् ।
उनी स्पेनकै मिडफिल्डर आइटाना बोनमाटाको समकक्षमा पुगेकी छिन् । बोनमाटाले सन् २०२३ देखि २०२५ सम्म लगातार उपाधि जितेकी हुन् । पाउटेलाले यस अघि सन् २०२० र २०२१मा यो अवार्ड जितेकी थिइन् । सन् २०२२ मा लिगामेन्टको समस्या पछि उनको खेल जीवन नै सङ्कटमा पर्ने हो की भन्ने आशङ्का पनि देखिएको थियो ।
स्पेन र वार्सिलोनाको प्रभाव
पाउटेला मात्र होइन स्पेन र बार्सिलोनाका लागि विशेष बनेको अवार्ड समारोहमा १९ वर्षीय यामलले वर्षको युवा पुरुष खेलाडीको अवार्ड पाए । उनले लगातार तेस्रो वर्ष या अवार्ड पाएका हुन् । उनले बार्सिलोनालाई ला लिगा तथा स्पेनलाई विश्वकप दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बार्सिलोनाकी भिक्की लोपेज वर्षको युवा महिला खेलाडी घोषित भइन् ।
वर्षको उत्कृष्ट पुरुष क्लब पेरिस सेन्ट जर्मन तथा महिला क्लब वार्सिलोना घोषित भयो । स्पेनका लुइस डेला फुयन्टे पुरुष तर्फ तथा बार्सिलोनाका पेरे रोमेउ महिला तर्फको उत्कृष्ट प्रशिक्षक घोषित भए । एथलेटिक बिलबओ तथा स्पेनका युनाइ सिमोन वर्षका उत्कृष्ट पुरुष गोलरक्षक तथा बार्सिलोना र स्पेनकी काटा कोल महिलाको उत्कृष्ट खेलाडी बनिन् ।
सोक्रेटस अवार्ड इङ्गल्यान्ड र आर्सनलका बुकायोको साकाले पाए भने उत्कृष्ट स्ट्राइकरको पुरस्कार पुरुषमा केन र महिलामा मेक्सिकोका चार्लिन कोरालले पाए ।





















