images
images
  • अक्टोबर २७ : विश्व इतिहासमा आज के–के भए?

    काठमाडौं – टर्कमेनिस्तानको स्वतन्त्रता घोषणा (सन् १९९१) सोभियत सङ्घबाट अलग हुँदै मध्य एसियाली राष्ट्र टर्कमेनिस्तानले सन् १९९१ अक्टोबर २७ मा आफ्नो स्वतन्त्रता घोषणा गरेको थियो । यस दिनलाई टर्कमेनिस्तानले राष्ट्रिय स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ ।

    आर्मेनियाली संसद्मा गोलीकाण्ड (सन् १९९९)

    आर्मेनियाको राजधानी येरेवानस्थित संसद् भवनमा सन् १९९९ अक्टोबर २७ मा बन्दुकधारी समूहले आक्रमण गर्दा तत्कालीन प्रधानमन्त्री भाजगेन सार्गस्यान, संसद्का अध्यक्ष कारेन डेमिरच्यानसहित आठ जनाको मृत्यु भएको थियो । यस घटनाले आर्मेनियाको राजनीतिक इतिहासमा गम्भीर प्रभाव पारेको थियो ।

    न्युयोर्क सिटी सबवे सञ्चालनमा (सन् १९०४(

    संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा सन् १९०४ अक्टोबर २७ मा भूमिगत रेल सेवा ९सबवे० सञ्चालनमा आएको थियो । अमेरिकाको पहिलो भूमिगत रेल प्रणालीका रूपमा स्थापित यस सेवाले सहरको सार्वजनिक यातायात विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो ।

    पाकिस्तानमा सैनिक सत्ता परिवर्तन (सन् १९५८)

    पाकिस्तानका प्रथम राष्ट्रपति इस्कन्दर मिर्जालाई सन् १९५८ अक्टोबर २७ मा जनरल अयुब खानले सत्ताच्युत गरेका थिए । यसअघि मिर्जाले देशमा सैनिक शासन घोषणा गरेका थिए । त्यसपछि अयुब खानले पाकिस्तानको सत्ता आफ्नो हातमा लिएका थिए ।

    आइएसआइएस नेता अबु बकर अल–बग्दादीको मृत्यु (सन् २०१९)

    सन् २०१९ अक्टोबर २७ मा सिरियाको उत्तरपश्चिमी क्षेत्रमा अमेरिकी विशेष सेनाले गरेको सैन्य कारबाहीका क्रममा आतंकवादी संगठन इस्लामिक स्टेट (आइएसआइएस) का नेता अबु बकर अल(बग्दादीको मृत्यु भएको थियो। अमेरिकी अधिकारीहरूका अनुसार कारबाहीका क्रममा उनले आत्मघाती विस्फोट गराएका थिए ।

    सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्सको स्वतन्त्रता (सन् १९७९)

    क्यारिबियन क्षेत्रको टापु राष्ट्र सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्सले सन् १९७९ अक्टोबर २७ मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेको थियो । यस दिनलाई देशले आफ्नो राष्ट्रिय स्वतन्त्रता दिवसका रूपमा मनाउँछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images