images
images
  • जीवन बिमा व्यवसायमा नेपाल लाइफ पहिलो, असोजसम्म उठायो १४ अर्ब ७२ करोड बिमाशुल्क

    काठमाडौं – चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ वटा जीवन बिमा कम्पनीले कुल ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

    नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल बिमाशुल्क आर्जनमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । कम्पनीले यस अवधिमा १४ अर्ब ७२ करोड ८९ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।

    बिमाशुल्क आर्जनका आधारमा नेशनल लाइफ दोस्रो स्थानमा रहेको छ । कम्पनीले ७ अर्ब ३६ करोड २६ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, एलआईसी नेपालले ५ अर्ब ४५ करोड ७८ लाख र हिमालयन लाइफले ५ अर्ब १५ करोड १३ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

    सरकारी स्वामित्वको राष्ट्रिय जीवन बिमा कम्पनीले ४ अर्ब ८३ करोड १७ लाख रुपैयाँ बिमाशुल्क संकलन गर्दै पाँचौँ स्थानमा रहेको छ ।

    प्राधिकरणको विवरणअनुसार सूर्यज्योति लाइफले ३ अर्ब ५१ करोड ५८ लाख, एसियन लाइफले २ अर्ब ७८ करोड २५ लाख र सिटिजन लाइफले २ अर्ब ५२ करोड १ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

    त्यसैगरी, सानिमा रिलायन्स लाइफले २ अर्ब २४ करोड ५८ लाख, आइएमई लाइफले २ अर्ब १७ करोड र मेट लाइफले १ अर्ब ८६ करोड ७१ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।

    रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड ९ लाख, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८४ करोड ५ लाख र सन नेपाल लाइफले १ अर्ब १९ करोड ६५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

    तथ्यांकअनुसार नेपाल लाइफले कुल जीवन बिमा कम्पनीहरूको बिमाशुल्क आर्जनमा सबैभन्दा ठूलो हिस्सा ओगटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images