images
images
  • अमेरिका र इजरायलको निर्वाचनले तय गर्नेछ इरान युद्धको दिशा

    काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा फेरि एकपटक चर्चामा आएका छन् । खासमा मध्यावधि निर्वाचनको समयमा डेमोक्रेटले आफ्नो प्रमुख वक्ताको रूपमा ओबामालाई अघि सारेको छ ।

    शनिबार ओहियोमा विशाल जनसभा भएको थियो । सोही जनसभामा सम्बोधन गर्दै ओबामाले भने, ‘प्रशासनको मूर्खतापूर्ण कामको बारे आममानिसलाई जागरुक बनाउने यो सबैभन्दा महत्त्वपूर्ण समय हो,।’

    उनले इरानमाथिको आक्रमण तथा जीवनयापनमा आएको समस्याका कारण रिपब्लिकनप्रति अमेरिकी वाक्क भएको तथा डेमोक्रेटप्रति जनउभार आएको बताएका छन् ।

    जर्जियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्यक्रमको आयोजना गरेका थिए । सो कार्यक्रममा बोल्दै उनले अमेरिका अहिले स्वर्णिम युगमा रहेको बताए । अमेरिकामा ३ नोभेम्बरमा निर्वाचन हुँदैछ । सोही निर्वाचनले नयाँ संसद्को खाका तयार हुनेछ । साथै राष्ट्रपति ट्रम्पको बाँकी कार्यकाल कसरी चल्ने हो भन्ने पनि तय हुनेछ ।

    अमेरिकामा अर्ली भोटिङ सुरु भइसकेको छ । ट्रम्प र उनकी श्रीमती मेलेना ट्रम्पले फ्लोरिडामा मतदान गरिसकेका छन् । उनी आफूलाई आमनागरिकका सामु निर्धक्क भएको देखाउन चाहन्छन् ।

    डेमोक्रेट झनै आक्रामक छ । सबैभन्दा सक्रिय रूपले चुनावी अभियानमा अहिले ओबामा छन् । ओबामाले यसबीचको समय अमेरिकामा विकृति नै विकृति रहेको भन्दै ‘इनफ इज इनफ’ को रूपमा जोडदार रूपमा फेरि अमेरिकी जाग्न आवश्यक रहेको बताएका छन् ।

    barack obama

    उनले विगत सम्झँदै कोभिड महामारीपछि आर्थिक रूपले ओरालो लागेको तथा मुद्रास्फीति बढेको असर सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटलाई परेको भन्दै अहिले आएको समस्या कमजोर ट्रम्प प्रशासनको कारण भएको आरोप लगाए ।

    उनले ट्रम्पलाई इङ्गित गर्दै अहिले अमेरिकामा सबै कुरा महँगो भएको आरोप लगाए ।

    ट्रम्पले भने अमेरिका सबै विषयमा बलियो हुँदै गएको दाबी गर्दै अहिलेको बढेको मूल्य फेरी घट्ने बताउँछन् । अमेरिका र इरानबीचको युद्धको कारण इन्धनको मूल्य बढेको छ । यसको दबाब यस निर्वाचनमा राष्ट्रपति ट्रम्प र रिपब्लिकन पार्टीलाई पनि परेको छ । उनले अहिले भन्सार करमार्फत धेरै रकम जम्मा गरेको बताउँदै राष्ट्रपति ट्रम्पले दुवै संसद्मा रिपब्लिकनको जित भएमा सो रकम वयस्क अमेरिकीलाई प्रदान गरिने समेत बताए ।

    उनले डेमोक्रेटहरुले सीमा खुला गर्दै लिबिया, यमन, हाइटी र सोमालियाबाट मानिसहरू भित्र्याउन चाहेको कुरा उल्लेख गरे । साथै आतङ्क मच्चाउन डेमोक्रेटले यो सबै गरिरहेको आरोप लगाए । उनले यी देशलाई आतङ्कवाद सङ्क्रमित भएको आरोप लगाए ।

    us israel iran

    यसअघि उनले संसारका गरिब देशहरूप्रति अपमानजनक शब्द प्रयोग गर्दै स्वीडेन, डेनमार्क र नर्वे जस्ता देशका नागरिकलाई मात्र भित्र्याउन पर्नेमा जोड दिएका थिए ।

    अहिले डेमोक्रेटले भने अमेरिकाले इरानमा आक्रमण गरेका कारण हर्मुजको बाटो बन्द भएको बताउँदै यी सबैको कारण ट्रम्प नै भएको आरोप लगाए । ट्रम्पले भने इरानमा आफूहरू जितको नजिक रहेको बताउँदै अहिले उब्जिएको समस्या केही समयमा नै समाप्त हुने जिकिर गरे ।

    उता प्रथम महिला मेलेना ट्रम्पले पनि युक्रेनमा आफैं गएर युद्धविराम गर्ने दाबी गरेकी छन् ।

    ओबामाको साथमा चुनावी कार्यक्रममा पूर्वसिनेटर सेरार्ड ब्राउन र एमी एक्सन पनि छन् । एक्सन विवेक रामास्वामीको विरुद्धमा उम्मेदवार छन् । एक्सनको व्यक्तिगत र पारिवारिक जीवनका कुरा गरेर प्रचारमा रामास्वामी उत्रिएपछि यसको विरुद्धमा डेमोक्रेट पनि झनै आक्रामक भएका छन् ।

    इजरायल र अमेरिकाको निर्वाचनको सेरोफेरोमा इरान युद्ध

    iran 7

    नोभेम्बर ३ मा अमेरिकामा मध्यावधि निर्वाचन हुनुअगावै फेब्रुअरी २७ मा इजरायलमा निर्वाचन हुँदैछ । इरानमाथि जारी आक्रमणले कुन रूप लिने हो भन्ने कुरा सोही निर्वाचनको परिणामले असर गर्नेछ ।

    न्युयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार दुवै देश अहिले इरानमा आक्रमण गर्ने योजना बनाइरहेका छन् । उनीहरूले यस निर्वाचनको लगत्तै भौतिक संरचनालगायत हतियार राखेको स्थानमा आक्रमण गर्नेछन् ।

    अहिले संसारमा नेताहरूले भने यो युद्ध अन्त्यका लागि दबाब दिइरहेका छन् । अमेरिकामा चुनावी वातावरण यसै युद्धका कारण डेमोक्रेटका लागि अनुकूल बनेको छ । इन्धनको मूल्यवृद्धि अहिले अमेरिकाको निर्वाचनको मुख्य एजेन्डा बनेको छ ।

    इरान आफैं भने यो सबै विषयमा जानकार छ । इरानी राष्ट्रपति मसुद पेजस्कियानका प्रेस सल्लाहकार अलि अस्गर सफिकानले यो बुझेर आफूहरूले पनि तयारी गरिरहेको बताएका छन् । उनी अमेरिका हातहतियारले सुसज्जित भए पनि सहजै यी सबै कुरा सम्भव नहुनेमा जोड दिन्छन् ।

    नयाँ आक्रमणका लागि आफूलाई पनि आन्तरिक रूपले तयार गर्ने क्रममा इरानले अहिले मिसाइल र ड्रोनको सङ्ख्या थपेको छ ।

    अहिले युद्धविरामको तयारी पनि इरानले गरेको छ । मध्यस्थता गरिरहेको कतारमार्फत इरानले आफ्नो कुरा राखेको छ । हरमुजको जल नाका खोल्न इरान तयार छ । र, आफ्नो अधीनमा रहनुपर्ने उसको सर्त छ । साथै सबै सैन्य गतिविधि अन्त्य इरानको अर्को माग हो । सबै प्रतिबन्ध फुकुवा गर्नुपर्ने आवाज पनि इरानको छ ।

    इरानमा पनि धेरै आर्थिक भार बढेका कारण युद्धविरामको आन्तरिक दबाब बढेको छ । सबै कुराको तय भने सायद यी दुई देशको निर्वाचनले गर्नेछ ।

    – बीबीसी, डीडब्ल्यूलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images