images
images
  • दसैं, तिहार र छठमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो

    काठमाडौं – ठूला चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमा बढाएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै चाडपर्वको अवधिमा वालेटमा रकम जम्मा गर्न सकिने पटकको सङ्ख्या बढाएको हो ।

    संशोधित व्यवस्थाअनुसार अब दशैँ, तिहार र छठका बेला प्राकृतिक व्यक्तिले एक दिनमा अधिकतम ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सक्नेछन्। यो सुविधा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुनेछ ।

    यसअघि प्राकृतिक व्यक्तिले एक दिनमा अधिकतम १० पटकसम्म मात्रै वालेटमा रकम जम्मा गर्न पाउने व्यवस्था थियो। राष्ट्र बैंकको नयाँ व्यवस्थाले चाडपर्वको समयमा डिजिटल भुक्तानी तथा कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

    चाडपर्वका बेला किनमेल, उपहार आदानप्रदान तथा अन्य आर्थिक गतिविधि बढ्ने भएकाले राष्ट्र बैंकले नगद कारोबारको विकल्पका रूपमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरेको हो ।

    newskarkahna news937070

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images