images
images
  • नेपाली नृत्य विधामा पहिलो विद्यावारिधि हासिल गर्ने स्वजन रघुवंशी

    काठमाडौं – नेपाली नृत्य विधामा विद्यावारिधि हासिल गर्ने पहिलो नेपालीका रूपमा स्वजन रघुवंशीले उपलब्धि हासिल गर्नुभएको छ । क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष तथा ललितपुर निवासी रघुवंशीले भारतको छत्तीसगढस्थित खैरागढको राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गरेको हो ।

    नेपाली लोकनृत्य, चर्या नृत्य, कथक र भरतनाट्यमलगायत विभिन्न नृत्यशैलीको अध्ययन, प्रशिक्षण तथा प्रस्तुतिमा सक्रिय रघुवंशीले नेपाली नृत्य क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।

    विद्यावारिधि गर्नुअघि उहाँले लाजिम्पाटस्थित सृजना कलेज अफ फाइन आर्ट्सबाट नृत्य विषयमा स्नातक गर्नुभएको थियो। त्यसपछि भारतको बनारस हिन्दू विश्वविद्यालयबाट भरतनाट्यम नृत्यमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको थियो ।

    नृत्य क्षेत्रमा अध्ययन, प्रशिक्षण र प्रस्तुतिमार्फत योगदान दिँदै आउनुभएका रघुवंशीको विद्यावारिधिले नेपाली नृत्य विधालाई उच्च शैक्षिक अध्ययन र अनुसन्धानका क्षेत्रमा थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images