images
images
  • विन्ध्यबासिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    काठमाडौं – विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

    कम्पनीले आगामी कात्तिक १८ गते बोलाएको दसौँ वार्षिक साधारणसभामा हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारितका लागि पेस गर्ने भएको हो ।

    बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत साधारणसभामा पेस हुनेछ । दुवै प्रस्ताव साधारणसभाबाट पारित भएपछि कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ।

    साधारणसभामा कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पेस गर्ने भएको छ। त्यसैगरी, साधारण सेयरमा परिणत हुने गरी ऋणपत्र जारी गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाका एजेन्डामा समावेश छन् ।

    कम्पनीले साधारणसभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि कात्तिक १० गते बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोज मितिअनुसार लाभांश पाउन योग्य शेयरधनीको टुङ्गो लाग्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images