images
images
  • कांग्रेस सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ बहादुरसिंह लामा विजयी

    काठमाडौं– नेपाली कांग्रेसको आदिवासी जनजातितर्फको मतगणना सम्पन्न भएको छ ।

    सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ ३ हजार २४५ मतसहित विजयी भएका छन् ।

    उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाए ।

    आदिवासी जनजाति महिलातर्फ गीता गुरुङ, डा.गङ्गालक्ष्मी अवाल, रेणुका काउछ मगरसहित आठ जना निर्वाचित भएका छन् ।

    खुला पुरुषतर्फ तीर्थ लामा सर्वाधिक ४ हजार ४२५ मतसहित निर्वाचित भएका छन् ।

    उनीसँगै ई.अनुप श्रेष्ठ, डा.प्रेमध्वज लामा, कर्मा छेरिङ शेर्पासहित १२ जना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images