काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केही नेताले उम्मेदवारी दिएर फिर्ता लिए भने केहीले घोषणा गरे पनि दर्ता गरेनन् ।
सभापतिमा गगन थापा दोहोरिएका छन्, अन्य पदको मतगणना जारी छ ।
उम्मेदवारी फिर्ता लिनेहरूमा किशोरसिंह राठौर, देवराज चालिसे, डा.मीनेन्द्र रिजाल र लक्ष्मी परियार छन् ।
मीन विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की र ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता नै गरेनन् ।
उनीहरूले सभापति थापाको आग्रहमा फिर्ता लिएको बताएका छन् ।
विधानअनुसार थापाले ४ सहमहामन्त्री र ६१ सदस्य मनोनीत गर्न सक्छन् ।
तर, पराजित र प्रतिस्पर्धामा नआएका वरिष्ठ नेताहरूलाई व्यवस्थापन गर्न थापालाई चुनौती छ ।
थापाले सबैलाई समेटेर अघि बढ्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















